समाचारहरू

सामाजिक लेखा जोखा कार्यक्रम सम्पन्न

सामाजिक लेखा जोखा कार्यक्रम सम्पन्न
 ९ असार २०७१, उत्तरी धादिङको झार्लाङ गाविसहरुमा सामाजिक गतिविधि संचालन गर्दै आएको प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपाल धादिङले सोमबार सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ ।

बाँसखर्क निम्न माध्यमिक बिद्यालयमा पुस्तकालय उद्घाटन

 बाँसखर्क निम्न माध्यमिक बिद्यालयमा पुस्तकालय उद्घाटन

जिल्लाको दक्षिणी दुर्गम गाविसमा रहेको बाँसखर्क निम्न माध्यमिक बिद्यालयमा स्थापना गरिएको पुस्तकालय शुक्रबार उद्घाटन गरिएको छ ।

गाउँ शिक्षा समिति महादेवस्थानका अध्यक्ष एवं गाविस सचिव रमेश पौडेलको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बिच जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी र प्रयास नेपाल धादिङका अध्यक्ष कृष्ण बहादुर चेपाङले पुस्तकालयको उद्घाटन गर्नु भएको हो ।  

प्रयास नेपालको १२ औं वार्षिक उत्सब कार्यक्रममा सम्पन्न

धादिङमा सामाजिक विकासका विभिन्न गतिविधीहरु सन्चालन गर्दै आईरहेको गैरसरकारी संस्था प्रयास नेपालको १२ ओं वार्षिक साधारण सभा मिति २०७० साउन ३० गते सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्ण बहादुर चेपाङको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा सामाजिक विकामा सहयोग गर्ने ११ जनालाई सम्मान समेत गरिएको छ।

सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपाल धादिङले मिति २०७० असार १४ गते सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ। विगत १२ वर्ष देखी धादिङ जिल्लामा सामाजिक विकासमा संलग्न हुँदै आएको गैर सरकारी संस्था प्रयास नेपालले विगतका वर्षहरुकै निरन्तरताको रुपमा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको हो। संस्थाले जिल्लाको ५० वटै गाविसमा विश्व शिक्षा, गरिवी निवारण कोष, युनाइटेड मिसन टु नेपाल, रुम टु रिट, जिल्ला विकास समिति धादिङ र रेष्टलेस डेभलपमेन्ट नेपालसंगको साझेदारीतामा संचालित कार्यक्रमहरु संचालन गरिरहेको छ।