कमलाको जीवनमा आएको परिवर्तन

म कमला पुलामी मगर हुँ । म ३८ बर्षको भएँ । मेरो घर धादिङ्ग जिल्लाको पिंडा गाविस वडा नं ५ पर्दछ । मेरो श्रीमान गोपाल पुलामी मगर हुनुहुन्छ । मेरो ३ जना छोरा र ४ जना छोरी गरी जम्मा ९ जनाको परिवार छ । हाम्रो जग्गा जमिन भन्नुपर्दा खेत २ रोपनि र बारी ३ रोपनि छ ।

यस जग्गा जमिन बाट उब्जनि भएको अन्नले ६ महिना मात्र खान पुग्छ । अरु बाँकि महिना ज्याला मजदुरी गरेर खानु पर्छ । सानो परिवार भएता पनि कमाउने जग्गा र स्रोत नभएको कारण घर चलाउन मुश्किल पर्छ । छोरा छोरीहरुको पढाइै अगाडी बढाउन साह्र्रै गाह्रो भएको थियो । पैसा नभएकै कारण १ जना ठुलो छोरीले २ वर्ष पढाई छोड्नु परेको थियो । २ वर्ष सम्म स्कुल छाडेर काममा जानु पर्यो ।

जब प्रयास नेपाल धादिङले बालकेन्द्रित सामुदायिक विकास कार्यक्रम अन्तर्गत मेरो गाउँमा मुलाखर्क आत्मनिर्भर महिला समुह गठन गर्यो । शुरुमा त मलाई समुहमा बस्न मनै लाग्ने थिएन । किनकि आफ्नो दुःख आफैसँग पैसा नभएको बेलामा बचत गर्नुपर्ने जस्तो लाग्थ्यो ।श्रीमानले पनि समुहमा गएर दिन कटाउनु मात्र बरु त्यो भन्दा १ दिन काम गरे २०० कमाई हुन्छ भनेर नजा भन्नु हुन्थ्यो। तर छोरी शुशिलाले समुहमा बस्नुपर्छ भनेर धेरै सम्झायो। समुहको दिदिबहिनिले पनि सम्झाउनु भयो । मैले पनि बिस्तारै समुहको बारेमा बुझेर समुहमा बस्न थाले । यस समुहको बैठक प्रत्येक महिनाको २५ गते बस्दै आएको छ । बैठकमा बसिसकेपछी जन्मदर्ता, बालविवाह, महिला अधिकार, बाल अधिकार आदि बिषयमा छलफल भयो । समुहमा बसेपछि धेरै कुरा बुझ्न थालें। कहिल्यै आफ्नो छोरीहरु पढ्ने स्कुल गएको थिइन। अहिले नानीहरुको पढाईमा हाम्रो पनि भुमिका हुँदो रैछ भन्ने थाहा भयो। अहिले त १५, १५ दिनमा विद्यालयमा जान्छु। मैले ४ वटा छोराछोरीको जन्मदर्ता पनि बनाएको छु । म मेरो छोरा छोरीको विहे २० वर्ष पछि मात्र उनिहरुको बिचारमा गरिदिन्छु । मलाई बाल अधिकारको ४ पक्षको बारेमा पनि थाहा छ । समुहमा बसिसकेपछि मलाई समुह मार्फत प्रयास नेपाल धादिङले बाख्रा पालनको लागि ४००० दिएको थियो । त्यसमा ५०० थपि ४५०० मा एउटा बाख्रा किनेको थिए । र अहिले त्यो माउले २ वटा पाठि १ बोका र १ खसि पाएको छ । अहिले खसि बेच्यो भने ५००० बोका २५०० पाठि २१०० को दरले आउछ । खसि दसैमा बेच्छु । अहिले जम्मा ५ वटा बाख्रा भएको छ । मैले समुहको वैठकबाट ऋण पनि लाने गरेकी छु । त्यस ऋण लगेको रकम बाट तरकारी खेति गर्छु ।

अहिले मलाई धेरै सजिलो भएको छ । बाख्राबाट पनि पैसा आउँछ । तरकारी खेतिले पनि सहयोग भएको छ । छोराछोरीलाई पढाउन घरखर्च चलाउन सजिलो भएको छ । मेरो २ वटै छोरीहरु बालक्लवमा छन् । मेरो ठुलो छोरी शुशिला बालक्लवको अध्यक्ष भएर २ वर्ष काम गर्यो। अहिले उ गाउँमा सबैलाई सम्झाउँदै हिंड्न थालेको छ। उसले धेरै कुरा बुझेको रैछ। बालक्लवमा लागेपछि धेरै कुरा बुझेकैले होल दुवैले यसपाली क्ीऋ प्रथम श्रेणीमा पास गरेको छ । संस्थाले दिएको सहयोग, सिकाएको सिपको कारणले अहिले भन्नुपर्दा वर्ष भरिनै खान पुग्ने अवस्थामा छु । यसले छोरीहरुको पढाईमा धेरै सजिलो भएको छ । सबै कुरा राम्रो हुँदै आएको छ। त्यसैले म अति नै खुशि छु मेरो घर परिवार र जीवन परिवर्तन हुन थालेकोमा । त्यसैले म हृदय देखि नै प्रयास नेपाललाई धन्यवाद दिन चाहन्छु ।