बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम प्रगति प्रतिवेदन २०७१/७२

पृष्ठभुमि

यूनाईटेड मिसन टु नेपालसंगको साझेदारीतामा प्रयास नेपाल धादिङद्धारा संचालित यो परियोजना धादिङ जिल्लाको पिडा र महादेवस्थान गाविसमा गत २०६७ साल देखी संचालित रहेको छ । समुदायका मानिसहरुको आयआर्जन बढाउने, उद्यम विकास संबन्धी नयाँ सीपहरु प्रदान गर्दै उनीहरुलाई बालबालिका प्रतिको धारणा र व्यवहार प्रति सचेत बनाई बालबालिकाहरुले कुनै पनि डर, त्रास, शोषण र भेदभावमुक्त समाज निर्माण गरि बालबालिकाको शिक्षा, स्वास्थ्य र जीवन सुरक्षाको विकल्पहरु प्रति सक्षम बनाउँदै सुन्दर समाज निर्माण गर्नको लागि यो कार्यक्रमले विद्यालय, महिला समुह र बालबालिकाहरु मार्फत कार्य गर्दै आइरहेको छ। 


परियोजनाको उपलव्धिहरु 
  • १३ वटा विद्यालयको ३१ जना बालमैत्री कक्षा शिक्षकहरुको उपस्थितीमा ६ दिने बालमैत्री विद्यालयर बालमैत्री सिकाई प्रक्रिया सम्वन्धी तालिम सञ्चालन भएको थियो । 
  • १९ वटा विद्यालयहरुको ४२ जना विद्यालयका प्र.अ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, र शिक्षक अभिभावक सँघका अध्यक्षहरुको उपस्तिथीमा २ दिने बालमैत्री विद्यालय र यस सगँ सम्वन्धीत विषयमा केन्द्रित अनुशिक्षण कार्यक्र सञ्चालन भयो । त्यसपछि विद्यालयका शिक्षकरु आफ्नो विद्यालयमा पनि कार्यक्रम अगाडी वढाई राख्नुर्भको छ । 
  • कक्षा शिक्षण गरिरहेका २२ वटा विद्यालय मध्ये १३ वटा विद्यालयमा कक्षा १–३ सम्म बालमैत्रि कक्षा शिक्षण भैरहेको छ र बाँकी ९ वटा विद्यालयमा कक्षा २ तथा कक्षा १ मा वालमैत्री विधिमा कक्षा शिक्षण भैरहेको छ। कक्षा शिक्षण भएका कक्षाकोठाहरु आकर्षक भएको छ। बालबालिकाहरु शिक्षकसंग खुल्ने, र उनीहरुको आत्मविश्वास बढेको छ। यसले गर्दा बालबालिकाहरु कक्षा कोठामा रमाएर पढ्ने वातावरणको शुरुवात भएको हुनाले कक्षा १ मा बालबालिकाको टिकाउ दर बढेको छ । 
  • पिडाका २ वटा विद्यालमा विद्यालय स्तरीय आमा समुह गठन भई नियमित विद्यालय हेरचाह तथा अनुगमनमा प्रत्यक्ष सम्लग्न भएका छन् जसले विद्यालय वाताबरण सुधारमा टेवा पुगेको छ । 
  • माथिल्लो राम्चे आ.नि.म.स.को सकृय सहभागितामा महादेव प्रा.वि.को विद्यालय कम्पाउण्ड घेराबारको लागि देउसीभैलोबाट प्राप्त रकमसमेत लगानी गरी थप श्रमदान गरी विद्यालय घेराबार गरेका छन् । 
  • पिडा  र महादेवस्थान गा.वि.समा गठन भएको २ वटा यूवा क्वलको ७ जना सदस्यहरुले युवा तथा यौन प्रजनन् स्वस्थ्य शिक्षा सम्वन्धी तालिम प्राप्त भएको छ । 
  • ईन्द्रायणी नि.मा.वि.को स्वीडेनको विद्यालयसंग सम्बन्ध विस्तार भएको छ भने सो सम्बन्ध विस्तारबाट विद्यालयले रु २ लाख सहयोग प्राप्त गरेको छ । 
  • महादेवस्थान गाविसमा सञ्चालन गरिएको ३ वटा पि.डि.हर्थ केन्द्र २.५ महिना सञ्चालनमा २ जना कुपोषित बालबालिका सुपोषित भएको । 
  • मुखजन्य स्वास्थ्य सुधारमा टेवा पुर्याउने उदेश्यले सहयोग गरिएको सामग्रीहरु र अनुशिक्षणबाट ४ वटा विद्यालयका ४०५ जना विद्यार्थीहरुले प्रयोगात्मक ज्ञान प्राप्त गरी नियमित प्रयोग गरिरहेका छन् । 
  • जिल्ला स्वास्थ्य कार्यालयसंगको सहकार्यमा महिलाहरुको आङ खस्ने समस्या जाँच शिविर सञ्चालनवाट ५ सय भन्दा बढिले स्वास्थ्य जाँच गराएकामा ३ जनाले सल्यक्रिया सुविधा र १२१ जनाले रिङ पेसरी सुविधा प्राप्त गरी स्वास्थ्य लाभ लिएका छन् । 
  • महादेवस्थान र पिडा गा.वि.सकोआत्म निर्भर महिला समुहको ७२ जना महिला तथा पुरुष सदस्यहरुको सहभागीतामा १ दिने बाख्रा पालन तथा खोर व्यवस्थापन र घाँस व्यास्थापन सम्वन्धी १ दिने अवलोकन भम्रण र १ दिने तालिम सञ्चालन गरिएको थियो । सो तालिम र अवलोकन भम्रण पश्चात सदस्यहरुले व्यवस्थिचत खोर व्यवस्थापन गर्न थालेका छन् भने घाँस रोप्ने काम भईरहेको छ 
  • घुम्ति कोष मार्फत हालसम्म ६६१ जना आत्म निर्भर महिला समुहका सदस्यहरुले बाख्रा पालन सहयोग प्राप्त गरी आफ्नो आम्दानी बृद्वि गरिरहेका छन् । 
  • पिडा गा.वि.सको ६ वटा आत्मा निर्भर महिला समुहको २० जना अध्यक्ष, सचिव, कोषाध्क्ष र सदस्यहरुको उपस्तिथीमा सहजीकरण तथा नेतृतव विकास तालिम सञ्चालन गरिएको थियो । तालिम पछि समुहहरु आफै बैठक सञ्चालन गर्नै गरेको र समुहको सदस्यहरु नियमित समुहमा आउने गरेको छ 
  • पिडा गा.वि.सको वडा नं. ५ मुलाखर्क स्थित मुलाखर्क आत्मा निर्भर महिला समुहको २४ जना सदस्यहरु र महादेवस्था गा.वि.सको वडा नं. ४ स्थित चन्चला देवी आत्मा निर्भर महिला समुहको २५ जना सदस्यहरुको. उपस्थितीमा क्ष्एः कृषक पाठशाला सञ्चालन सम्पन्न भएको छ ।हाल समुदायमा क्ष्एःविधिमार्फत तरकारी खेती गर्न सुरुवात गरेको छ । भने उक्त सदस्यहरुले गोठे मल सुधार, बानस्पतिक विषादी निमार्ण र  कम्पोष्ट मल बनाउन थालेका छन् । 
  • ७ वटा महिला समुहहरुले समुहको आर्थिक रकम वढाउन सामुहिक खेति गर्न सुरुवात गरेका छन्(जस्तैः अदुवा, बेसार, तरकारी, केरा, तिल खेती आदि) । 
  • पिडा गा.वि.स भरि गठन भएको ४८ वटा आत्मा निर्भर महिला समुह मध्ये जम्मा ३५ वटा समुहको १३९ जना सदस्यहरुको उपस्थितीमा बार्षिक समिक्षा कार्यक्रम पिडा गा.वि.सको ३ वटा कलष्टर बनाईसम्पन्न गरियो । उक्त कार्यक्रममा महिला समुहले वर्ष भरिमा गरेका राम्रा अभ्यास, समुहमा आएका चुनौती र समुहको योजना प्रस्तुत गरिएको थियो । यस समुह समिक्षा कार्यक्रम पछि ५ वटा समुहले सामुहिक खेति सुरुवात गरेको छ । १ समुहले वन गोडमेल गरेको छ । 
  • महादेवस्थान गाविसको वडा नं. १ र २ को७वटा समुहको ३१ जना सदस्यहरु उपस्थितमा सुन्तला खेती तालिम र २६ जना सदस्यहरुलाई १५ वटाको दरले सुन्तलाको विरुवा वितरण गरिएको थियो । 
  • गत बर्ष ८२८ जना आत्मनिर्भर महिला समुहका सदस्यहरु साना किसान कृषि सहकारी संस्थाका शेयर सदस्य भएकामा यस बर्ष संख्या बढेर १५५० भन्दा बढि भएका छन् । 
  • दुवै गाविसका १७३७ आत्मा निर्भर महिला समुह सदस्यहरुमध्ये ५५९ जनाले आफ्ना बालबालिकाको आधारभुत शैक्षिक सामग्री ब्यबस्था गर्न सक्ने भएका छन् । 
  • पिडा गा.वि.सको ११ वटा आत्मा निर्भर महिला समुहको स्वमूल्याङकन भएको छ । स्व मूल्याङकन पछि समुहले विभिन्न सामुदायिक कार्यक्रम गदै आईरहेको छ, समुहको खातापाता स्पष्ट भएको छ, समुहको पहिचानको लागि डे«स व्यवस्थापन गरेको छ । विभिन्न सघ सस्थाको कार्यक्रमहरुमा उपस्तिी बढेको छ । 
  • महादेवस्थानको श्री बासखर्क नि.मा.वि मा महिला समुह, बाल क्लव तथा शिक्षकहरुको सहयोगमा विद्यालय घेराबार भएको छ। महिला समुहमा आवद्ध भएका अभिभावकहरुको विद्यालय प्रति चासो बढेको छ । 
  • प्रा.वि. तहमा ७ वटा थप बाल क्लब गठन भई जम्मा ४१ बाल क्लबहरु सकृय छन् । 
  • पिडा र महादेवस्थानका ४ वटा बाल क्लबले बार्षिक योजना बनाई कार्यक्रमहरु गरेको छन् । बार्षिक योजनामा विद्यालय तथा समुदाय सरसफाई, अतिरिक्त क्रियाकलाप सञ्चालन, चेतनामुलक साँस्कृतिक कार्यक्रम आदि मुख्य क्रियाकलापहरु समावेश गरीएको थियो । 
  • पिडा र महादेवस्थानका७ वटा बालक्लबहरुले मासिक रुपमा भित्ते पत्रिका प्रकाशन गरिरहेका छन् । ।(ईन्द्रायणी बाल क्लव, ज्ञानज्योती बाल क्लव, भानुझक्त बाल क्लव, प्रगतीशील बाल क्लव, सृजनशील बाल क्लव, ज्ञानज्योती बाल क्वल) 
  • ५ वटा बाल क्लवहरुले समुदाय सरसफाई सम्बन्धि अतिरिक्त क्रियाकलाप गरी समुदाय सरसफाइमा अगुवाई गरिरहेका छन । 
  • बालक्लवमा आवद्ध बालबालिकाहरुको आत्मविश्वास बढेको छ । उनीहरु अरुसंग नलजाई कुरा गर्न सक्ने, आफ्नो कुरा भन्न सक्ने र जिम्मेवारी बहन गर्न सक्ने भएका छन् । 
  • पिडाका ५० र महादेवस्थानका ५० गरी जम्मा १०० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरु विद्यालय अध्ययन सामग्री सहयोग प्राप्त गरी लाभान्वित भएका छन् । 
  • एस.एल.सी. तयारीमा रहेको विद्यार्थीहरुको सहयोग स्वरुप पिपलभञ्ज्याङ मा.वि.को सिर्जनशिल बालक्लमार्फत गरिएको सहयोगले विद्यालयको ईतिहासमा हालसम्मकै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको छ । ५ जनाले प्रथम श्रेणी सहित ३५ जनामा ५४ प्रतिशत विद्यार्थी पास हुन सफल । 
  • पिडा र महादेवस्थानका साना किसान सहकारीका कार्यसमिति सदस्यहरु र आत्म निर्भर महिला समुहहरुका सदस्यहरु गरी जम्मा १३ जनाले मकवानपुर र चितवनका सफल सहकारीहरुको अवलोकन भ्रमण गरी सहकारी सफल सञ्चालनका तौर तरिका बारे जानकारी लिएका छन् ।       
  • भुकम्प पश्चात २ वटा विद्यालयलाई अस्थायी सिकाई केन्द्र निर्माणर्थ गरिएको सहयोगबाट केन्द्र तयार भई १६० भन्दा बढि विद्यार्थीले पढ्ने बाताबरण सृजना गर्नमा सहयोग पुगेको छ ।   
  • विनाशकारी भुकप्पबाट प्रभावित पिडा र महादेवस्थानका ४०७२ प्रत्येक घरधुरीले (डेरा बास बस्ने समेत) यू.एम.एन.को सहयोगमा वितरित राहत प्याकेजबाट लाभान्वित भई जिवनयापनमा सहजता महसुस गरेका ।
यस आर्थिक वर्षको बार्षिक बजेटः रु. रु ४२,४४,१०४

बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम प्रगति प्रतिवेदन

वार्षिक प्रगति प्रतिवेदन २०६९/७०

पृष्ठभुमिः

यूनाईटेड मिसन टु नेपालसंगको साझेदारीतामा प्रयास नेपाल धादिङद्धारा संचालित यो परियोजना धादिङ जिल्लाको पिडा र महादेवस्थान गाविसमा गत २०६७ साल देखी संचालित रहेको छ । समुदायका मानिसहरुको आयआर्जन बढाउने, उद्यम विकास संबन्धी नयाँ सीपहरु प्रदान गर्दै उनीहरुलाई बालबालिका प्रतिको धारणा र व्यवहार प्रति सचेत बनाई बालबालिकाहरुले कुनै पनि डर, त्रास, शोषण र भेदभावमुक्त समाज निर्माण गरि बालबालिकाको शिक्षा, स्वास्थ्य र जीवन सुरक्षाको विकल्पहरु प्रति सक्षम बनाउँदै सुन्दर समाज निर्माण गर्नको लागि यो कार्यक्रमले विद्यालय, महिला समुह र बालबालिकाहरु मार्फत कार्य गर्दै आइरहेको छ। यस कार्यक्रम अन्तर्गत हाल ३४ वटा विद्यालय, ९४ वटा महिला समुह र ३४ वटा बालक्लवमा केन्द्रित रहेर विविध कार्यहरु संचालनमा रहेको छ।

कार्यक्रमबाट आएको परिवर्तनः

 ८५० जना बालबालिकाहरु बालक्लवमा प्रत्यक्ष रुपमा आवद्ध भै विद्यालय तथा समुदाय विकासको सवालमा सक्रिय रुपमा लागि परेका छन् । विद्यालयमा अनुशासन, सरसफाई, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउने, अति विपन्न परिवारका बालबालिकालाई छात्रबृतिको लागि आवश्यक सहयोग गर्ने, विद्यालय वरपर वोटविरुवा रोप्ने संरक्षण गर्ने, शिक्षकहरुको शैक्षिक गतिविधीको मुल्याँकन गर्ने, अतिरित्त क्रियाकलाप संचालन गर्ने तथा भित्तेपत्रिका प्रकाशन गर्ने कार्य गरिरहेका छन् भने समुदायमा शौचालय निर्माणको लागि घरदैलो अभियान, बालविवाह विरुद्ध सचेतना, सार्वजनिक रुपमा जाँडरक्सी खाने, जुवातास खेल्ने कार्यलाई रोक्ने कार्य गरिरहेका छन् । यी सबै कार्यले बालबालिकाहरुलाई हेर्ने र गर्ने व्यवहारमा परिवर्तन हुन थालेको छ। बालबालिकाहरुको आत्मविश्वास बढेको छ। आफ्नो कुरा नडराई निर्धक्कसंग भन्ने बानीको विकास हुन थालेको छ। बालबालिकाहरु आफ्नो काम प्रति जिम्मेवार हुन थालेका छन् ।

 १७२४ जना महिलाहरु नियमित रुपमा बैठक बस्ने, बचत गर्ने, आफ्ना बालबालिका तथा समुदायको सवालमा छलफल गर्ने, योजना निर्माण गर्ने, बालबालिकाको जन्मदर्ता गर्ने, खोप लगाउने, आफ्ना बालबालिकालाई नियमित रुपमा विद्यालय पठाउने, विद्यालयमा गएर आफ्ना बालबालिकाको पढाईका बारेमा बुझ्ने, विद्यालय सरसफाई तथा घेराबार गर्ने, सार्वजनिक स्थानमा जुवातास खेल्ने र जाँड रक्सी खाएर होहल्ला गर्नेलाई कारबाही गर्ने कुराको थालनी गर्न थालेका छन् । यस मध्ये २६० जना महिलाहरु प्रत्यक्ष रुपमा परियोजनाको सहयोगमा बाख्रापालन गरि परिवारको आयआर्जन बृद्धि गरिरहेका छन् । यी सबै कार्यको कारण समुदायमा हुने हरेक क्रियाकलापमा महिलाहरुको सहभागीता अत्याधिक मात्रामा बृद्धि हुन थालेको छ। महिला माथि हुने हिंसामा कमि आउन थालेको छ र महिलालाई गर्ने व्यवहारमा परिवर्तन हुन थालको छ।

 महिला समुहको सक्रियतामा १४ वटा विद्यालय स्थानिय स्तरमा पाईने बाँस र काठहरुले घेराबार गरेका छन् ।

 जन्मदर्ता नभएका १०९३ जना (पिडा वडा नं ७, ८ र ९ का ५२२ र महादेवस्थान वडा नं ६,७, ८ र ९ का ५४०) बालबालिकाको गाविससंगको सहकार्यमा जन्मदर्ता अभियान मार्फत जन्मदर्ता गरिएको छ भने महिला समुहको अग्रसरतामा ३१ जना थप बालबालिकाको जन्मदर्ता भएको छ ।

 ४ वटा महिला समुह (पिडा गाविसका भष्मेखोला र मखमलि, सृजनशील, थान्सिङखर्क) हरुले आफ्नो क्षेत्रका विद्यालय जाने बालबालिकालाई हरेक दिन पालैपालो एक स्थानमा भेला गरि विद्यालय पुर्याउन र लिन जान थालेका छन् । यसले गर्दा विद्यालय निरन्तरतामा बृद्धि भएको छ । र बिचैमा खेल्ने र विद्यालय नजाने अवस्था हटेको छ ।

 मौरीपालन व्यवसाय मार्फत ३० घरपरिवारले जम्मा २४ हजार बराबरको मह उत्पादन गरि विक्रि गरि आयआर्जन गरेका छन् । पन्चकन्या महिला समुहले उत्पादन गरेको मह जिल्ला कृषि मेलामा उत्कृष्ट हुँदै प्रथम हुन सफल भएको छ।

 ग्ऋभ्ँ नेपालसंगको सहकार्यमा १९ जना किशोर किशोरीहरु ६ महिने सिप विकास तालिममा छनौट भै हाल तालिम लिइरहेका छन्। गत वर्ष तालिम प्राप्त गरि आएका मध्ये ३ जनाले सिलाई कटाई सेन्टर खोली आयआर्जन गरिरहेका छन् ।

ड्ड ३४ वटा विद्यालय मध्ये १० वटा विद्यालयमा कक्षा १–३ सम्मका सबै शिक्षकहरुले बालमैत्रि शिक्षण सिकाई संबन्धि तालिम प्राप्त गरि बालमैत्रि शिक्षण प्रक्रिया स्वरुप कक्षा शिक्षण गराई रहेका छन् । बाँकी ३ वटा विद्यालयमा कक्षा २ सम्म र अन्य १३ वटा विद्यालयमा कक्षा १ मा वालमैत्री विधिमा कक्षा शिक्षण भैरहेको छ । कक्षा शिक्षण भएका कक्षाकोठाहरु आकर्षक भएको छ । बालबालिकाहरु शिक्षकसंग खुल्ने, र उनीहरुको आत्मविश्वास बढेको छ । यसले गर्दा बालबालिकाहरु कक्षा कोठामा रमाएर पढ्ने वातावरणको शुरुवात भएको छ।

ड्ड ३ स्थानमा (आँपटार, गठेडाँडा र पिण्डेश्वरी निमावि) गरिएको खानेपानी योजना मार्फत ४४ घरधुरि र २६१ जना बालबालिकाहरु लाभान्वित भएका छन् ।

यस आर्थिक वर्षको बार्षिक बजेटः रु.५२,२६,५१७।

खर्च रकम रु.५१८२९५९।