कार्यक्रमहरु

बाल केन्द्रित सामुदायिक विकास कार्यक्रमः

पृष्ठभुमिः घरपरिवार, विद्यालय तथा समुदायमा बालसुलभ व्यवहार नहुनु, बालबालिका प्रति चासो नहुनु,  बालबालिकाहरु घर छाडेर अन्यत्र जाने, विद्यालयमा नियमित नजाने, बीचैमा कक्षा छाड्ने, बाल बिबाह, घरेलु हिंसा, विभिन्न प्रकारका विभेदहरु, विद्यालयमा भौतिक साधन श्रोत कमि, गरिवीले बालबालिकाको जीवन अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको छ । यसैले बालबालिकाको पूर्ण अधिकार तथा सुरक्षाको व्यवस्था भएको समुदाय निमार्ण गर्न जहाँ कुनै पनि प्रकारको भेदभाव विना र डर विना बालबालिकाहरुले हरेक अवसर प्राप्त गर्दै उनीहरुको विकासको अवस्था सिर्जना गर्ने लक्ष्यका साथ धादिङ जिल्लाको पिडा र महादेवस्थान गाविसमा युनाइटेड मिसन टु नेपालसंगको साझेदारीतमा बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम गत २०६७ पौष देखी संचालनमा रहेको छ ।

बिद्यालय पुस्तकालय कार्यक्रम

चालित गाविसः ३८
बिद्यालय संख्या १२५
लक्षित समुदायः बालबालिका शिक्षक तथा समुदाय
रुम टु रिडसंगको साझेदारीतामा संचालन धादिङ जिल्लाका ३८ वटा गाविसका बिशेष गरी प्राथमिक तहका बालबालिकालाई केन्द्र बिन्दुमा राखेर पुस्तकालयको माध्यमले बिद्यालय बालक्लब मार्फत शैक्षिक साचालन भइरहेको छ । बालबालिकाहरुको अधिकारलाई ध्यानमा राखी बालबालिका परिवार तथा बिद्यालयका अभिभावक तथा शिक्षकलाई प्रकृती अनुसार क्षमता अभिवृद्धी गर्न विभिन्न तालिमकोचिङ अध्ययन अवलोकन भ्रमण तथा अन्तरकि्रयाआयबिद्यालयहरुमा पुस्तकफर्निचरशैक्षिक सामग्री सहयोग कार्यक्रम साचालन गरिरहेको छ । रुम टु रिड नेपालको साझेदारीमा संचालित यस कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्रामीण तथा शहरी भेगका सरकारी विद्यालयहरुमा पुस्तक तथा शैक्षिक सामग्रीहरुको सहयोगद्वारा पुस्तकालय स्थापना गरी शैक्षिक गुणस्तर बृद्धि गर्दै शिक्षक तथा विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुर् याउनुको साथै बाल बालिकाहरुमा सानै उमेर देखि स्वतन्त्र रुपमा बुझेर पढ्ने बानीको विकास गराउन सहयोग पुर् याउनु हो ।

सामुदायिक विकासका लागि शसक्तिकरण कार्यक्रम

गरिबी निवारण कोषको आर्थिक तथा प्राविधिक सहयोगमा प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपाल धादिङद्वारा संचालित “गरिबी निवारण” कार्यक्रम सर्वप्रथम धादिङ जिल्लाको भुमेस्थान र झार्लाङ गाविसहरुमा संचालन भैरहेको छ । तल्लो तहका समुदायका समस्या र मूद्धाहरुलाई उनीहरुले नै समाधान गर्ने वातावरण श्रृजना गर्न आवश्यक संस्थागत विकास, शसतिmकरण तथा क्षमता विकासमा सहयोग पु–्याउने लक्ष्यका साथ यसले कार्य गर्दछ । यसका लक्षित वर्ग भनेका गरीबहरु नै हुन ।